नियम ३
कसूरको सूचना दिनु पर्ने
(१) कुनै कसूर भएको वा भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले तत्सम्बन्धी कसूरको बारेमा आफूसँग भएको वा आफूले देखे जानेसम्मको सवुद प्रमाण र सकेसम्म देहायका कुराहरू समेत खुलाइ यथाशीघ्र सो कुराको
लिखित दरखास्त वा मौखिक सूचना नेपाली सेनाको नजिकको युनिट वा सम्बन्धित युनिटलाई दिनु पर्नेछः–
(क) कसूर भएको वा भई रहेको वा हुने सम्भावना भएको मिति, समय र ठाउँ,
(ख) कसूर गर्ने व्यक्तिको नाम, ठेगाना, युनिट, कम्प्युटर नं. र हुलिया,
(ग) कसूरसँग सम्बन्धित सवुद प्रमाण,
(घ) कसूरसँग सम्बन्धित अन्य विवरण ।
(२) कसूरको सूचना मौखिक रूपमा दिइएकोमा सम्बन्धित युनिटले सूचना दिने व्यक्तिले भनेका सवै कुराहरू र उपनियम (१) बमोजिमका कुराहरू समेत लिखित रूपमा खुलाई निजलाई पढी बाँची सुनाई निजको सहिछाप समेत गराइ राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त लिखित दरखास्त वा उपनियम (२) बमोजिमको सूचना आफ्नो युनिटको दर्ता किताबमा दर्ता गरी जाहेरवाला वा सूचना दिने व्यक्तिलाई सोको भरपाई दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त कसूरको सूचना सम्बन्धित युनिटले नजिकको प्राड विवाकको कार्यालयलाई दिनु पर्नेछ ।
(५) कुनै कसूरको सम्बन्धमा कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबाट सो कसूर वा कसूरमा संलग्न व्यक्ति अन्य कुनै युनिटको क्षेत्रभित्र पर्ने देखिन आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना यथाशीघ्र सम्बन्धित युनिटमा पठाउनु पर्नेछ ।
(६) यस नियम बमोजिम सूचना प्राप्त भएपछि सम्बन्धित युनिटपतिले त्यस्तो कसूरका सम्बन्धमा प्रारम्भिक रूपमा अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ । युनिटपतिका सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्ने भए त्यस्तो अनुसन्धान तथा तहकिकात एक तह माथिल्लो तहबाट गर्नु पर्नेछ ।
(६) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै युनिटमा प्राप्त हुन आएको सूचनाको व्यहोराबाट सो कसूर ऐनको दफा ६२ सँग सम्बन्धित देखिन आएमा सूचना प्राप्त गर्ने युनिटले सो सूचना प्राड विवाकको कार्यालयमा पठाउनु पर्नेछ ।